तरुण दलका पूर्वअध्यक्ष गुरुङ कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदमा नेपाल तरुण दलका पूर्वअध्यक्ष विद्वान गुरुङ निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न मत परिणाम अनुसार गुरुङ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् । गुरुङले खुलातर्फ ४५ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

युवा नेता गुरुङ कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै देशभरिका तरुणहरूमा नयाँ उत्साह र तरंग उत्पन्न भएको छ ।

पर्वत जिल्ला निवासी गुरुङ नेपाल तरुण दलको अध्यक्ष पदबाट राजीनामा दिएर कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि तयारी गरेका थिए । कांग्रेसको १५औं महाधिवेशनबाट गुरुङ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित केन्द्रीय सदस्य गुरुङले आफूलाई विश्वास गरेर मतदान गरि विजयी बनाउने सम्पूर्ण महाधिवेशन प्रतिनिधि र शुभेच्छुकहरूप्रति आभार प्रकट गरेका छन् । उनले महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन् ।

Published : Thursday, 2026 October 15, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया