कांग्रेसको जनसम्पर्क समिति अमेरिकाको संयोजकमा सिटौला मनोनयन, अधिवेशनको भव्य तयारी

काठमाडौं । नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेपाली जनसम्पर्क समिति संयुक्त राज्य अमेरिकाको संयोजकमा प्रमोद सिटौलालाई मनोनयन गरेका छन् ।

नेपाली कांग्रेसको १५औं नियमित महाविधेशनको तयारीका लागि जनसम्पर्क समिति अमेरिकाको संयोजकमा सिटौलालाई मनोनयन गरिएको पत्रमा उल्लेख छ । शेरबहादुर देउवा पक्षीय नेताहरूले अमेरिकामा नेपाली कांग्रेसका शुभेच्छुकहरूको सुझाव र सल्लाह बमोजिम सिटौलालाई संयोजक मनोनयन गरेर संगठित हुन लागेका छन् ।

संयोजक प्रा.डा. कोइरालाले नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुन लागेको भन्दै नेपाली जनसम्पर्क समितिको अधिवेशन तोकिएको समयमा पार्टीको मूल्य, मान्यता र विधान बमोजिम गर्न संयोजक सिटौलालाई निर्देशन दिएका छन् ।

तथाकथित विशेष महाधिवेशनको नाममा गगन थापा समूहले नेपाली कांग्रेसलाई हाइज्याक गरेर तहस नहस बनाएको छ । कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला गगन थापा समूहले काठमाडौंमा कांग्रेसको अधिवेशनको मञ्चन गरेको छ ।

कांग्रेसका हाइज्याकर गगन थापा समूह निकटको नेपाली जनसम्पर्क समिति अमेरिका र नेपाली कांग्रेसको नाममा गोरखबहादुर विष्ट (आनन्द), मुनिन्द्र नेम्वाङसहितकोसमूहले भूकम्पको राहतदेखि क्रियाशील सदस्यताको लाखौं रकम हिनामिना गरेको आरोप लागेको छ । यो समूहले कांग्रेसलाई बद्नाम गराउनेदेखि विवादमा पार्दै आएको छ ।

Published : Thursday, 2026 October 15, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया