कालीकोट कांग्रेसमा २३ वर्षीय रोकाय क्षेत्रीय सचिवमा सर्वसम्मत

कालीकोट । नेपाली कांग्रेस कालीकोट प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सचिवमा २३ वर्षीय अरबिन्द रोकाया ‘अनुभब’ सर्वसम्मत निर्वाचित भएका छन् ।

नेविसंघको राजनीति गर्दै आएका रोकाय कांग्रेसको क्षेत्रीय सचिवमा सर्वसम्मत निर्वाचित भएका हुन् । नेपाली कांग्रेस १५औं नियमित महाविधेशन अन्तर्गत रोकाय कालीकोट २ को क्षेत्रीय सचिवमा निर्वाचित भएका हुन् ।

२३ वर्षीय रोकायले कांग्रेसको क्षेत्रीय सचिवको नेतृत्व लिएका छन् । रोकाय पलाता निवासी हुन् ।

नेविसंघ कालीकोटको जिल्ला सदस्य समेत रहेका रोकाय पलाँता गाउँपालिकामा समुदायमा कांग्रेस अभियानका संयोजकसमेत हुन् । उनी विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्यसमेत हुन् ।

कालीकोट जिल्लामा वडादेखि जिल्लासम्मको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2026 October 14, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया