समितिबाट १० देशका राजदूतहरूको नाम अनुमोदन, ३ जनाको नाम होल्ड
काठमाडौं । संसदीय सनुवाइ समितिबाट विभिन्न देशका लागि प्रस्तावित १३ देशका राजदूतमध्ये १० जनाको नाम अनुमोदन भएको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकबाट भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन, श्रीलंकाको नाम अनुमोदन भएको हो ।
अन्य तीन वटा देशको बारेमा भने संसदीय समितिले निर्णयबारे जानकारी गराएको छैन । मलेसिया, जापान र साउदी अरेबियाका लागि प्रस्तावित राजदूहरूको क्रमशः चूडामणि खरेल, जिज्ञानकुमार थापा र गिरीबहादुर सुनारको नाम भने अनुमोदन भएको वा नभएको भन्नेबारे समितिले निर्णय लिनेछ ।
समितिबाट अनुमोदन भएका नामहरूमा डा. निश्चलनाथ पाण्डे (भारत), कल्याणराज शर्मा (चीन), चिरनजंग थापा (अमेरिका), गौरवशम्शेर जबरा (बेलायत), सरु जोशी (जर्मनी), सुरेशकुमार कर्ण (इजरायल), पद्माक्षी राणा (ओमान), संगम श्रेष्ठ (दक्षिण कोरिया), प्राप्ति शेरचन (स्पेन) र डा.मञ्चला झा (श्रीलंका) रहेका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया