सिरहाका लामा काठमाडौंबाट पक्राउ
काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी २४ वर्षीय रविनकुमार लामालाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको गोलबजार नगरपालिका–६ जमदह बस्ने लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकमाथि कुटपिट भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट २०८० मंसिर ७ गते लामा समेतलाई ज्यान मार्ने उद्योग मुद्दामा जनही २ वर्ष कैद र २० हजार जरिवाना सजाय फैसला भएको छ ।
फैसलापछि फरार रहेका लामालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कपनबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।
Published : Wednesday, 2024 March 27, 9:06 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया