दाङको ग्वारखोलामा ट्याक्टरको ठक्करबाट सुबिनाको मृत्यु
घोराही । ट्याक्टरको ठक्करबाट दाङ जिल्लामा ३ वर्षीया सुबिना बानुको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१२ ग्वारखोलास्थित सडकमा रा.१ त १५५९ नम्बरको ट्याक्टरको ठक्करबाट बाँके नेपालगञ्ज उपमहानगरपालिका–६ बस्ने अबदुल जबरारको छोरी सुबिना बानुको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी भनाइ छ ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
यता, इलामको सूर्योदय नगरपालिका–१२ मलिमस्थित सडकमा मे.१ ह ४६८९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा आटोमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीया मनकुमारी प्रधानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया