राजदूत वलीको विशेष पहलमा थाइल्याण्ड र म्यान्मार सीमा नजिक समस्यामा रहेका १३ नेपालको उद्धार
काठमाडौं । नेपाली राजदूतावास बैंङ्ककले थाइल्याण्ड र म्यान्मार सीमा नजिक म्यान्मारको म्यावड्डीमा लामा समयदेखि समस्यामा रहेका १३ नेपाली नागरिकहरूको उद्धार गरेको छ ।
१३ जना नेपाली नागरिकहरूलाई चैत ९ गते उद्धार गरेर नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं पठाइएको बैंङ्ककस्थित नेपाली राजदूत धनबहादुर वलीले विज्ञप्तिमार्फत जनाएका छन् ।
‘थाइल्याण्ड र म्यान्मार सीमा नजिक म्यान्मारको म्यावड्डीमा विगत लामो समयदेखि समस्यामा परेका १३ नेपाली नागरिकहरूलाई थाइ परराष्ट्र मन्त्रालय, थाइ इमिग्रेसन व्यूरो र नेपाली राजदूतावास यांगोन समेतको समन्वयमा यस राजदूतावासले लामो प्रयास पश्चात म्यान्मारको उक्त क्षेत्रबाट उद्धार गरी नेपाल फिर्ता पठाउने कार्य सम्पन्न गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उल्लेखित १३ नेपाली नागरिकहरूलाई मिति २०८० चैत ९ गतेका दिन राजदूतावासले थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाई थाइ–म्यान्मार सीमा पार गराइ थाइल्याण्डको मेइसोटतर्फ ल्याइ त्यहाँबाट हवाइ यात्रामार्फत बैंङ्कक हुँदै आजै नेपाल एयरलाइन्सको उडान नं. आरए ४०२ बाट काठमाडौं पठाइएको छ ।’

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया