कांग्रेस नेतृ विन्दियालाई उपाध्यक्षमा नियुक्त
काठमाडौं । कोशी प्रदेश सरकारले विन्दिया कार्कीलाई प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको छ ।
शुक्रबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले कार्कीलाई उपाध्यक्षमा नियुक्त गरेको हो । नेपाली कांग्रेसकी नेतृ कार्की कोशी प्रदेशसभाकी पूर्व सदस्य पनि हुन् ।
यसअघि २०७८ साल चैत २२ गते प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त भएकी जिना कार्की लामो समयदेखि अमेरिकामा छिन् ।
जिनाले नेपाल छाडेपछि मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेतृ कार्कीलाई नियुक्त गरिएको छ । विकास बोर्डको सदस्यमा मदन खड्का र गौरीमान राई नियुक्त भएका छन् ।
Published : Friday, 2024 March 22, 6:04 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया