बबितासहितको फैसालाविरुद्ध आयोगद्वारा सर्वोच्चमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरिएको छ ।
गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको विभिन्न मुद्दामा विशेष अदालत काठमाडौंले गरेको फैसलामा आयोगलाई चित्त नबुझेको भन्दै आइतवार सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सुरेशकुमार शर्मा र बबिता फुयाँल शर्माको मुद्दामा भएको फैसलाविरुद्ध पुनरावेदन गरिएको छ । उनीहरूविरुद्धको मुद्दामा विशेषले आंशिक दाबी पुग्ने फैसला सुनाएको थियो ।
गोपालबहादुर खड्का, शर्मिला खड्का, अमिता लामा (सोदेम्वा) र सीजी डेभलभपर्स प्रालिविरुद्धको मुद्दामा पनि आयोग सर्वोच्च पुगेको छ ।
उनीहरूको मुद्दामा पनि विशेषले आयोगको आंशिक मात्रै दाबी पुग्ने फैसला सुनाएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया