प्रचण्डको सरकार बचेकै दिन पूर्वप्रधानमन्त्रीसँग अमेरिकी राजदूतद्वारा भेटवार्ता
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनले भेटवार्ता गरेका छन् ।
बुधबार कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको हो । उनीहरूका बीच सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक र वेपत्ता छानविन सम्बन्धी विधेयकमा पनि कुराकानी भएको छ ।
नेपाल–अमेरिका सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएकै दिन अध्यक्ष नेपालसँग राजदूत थम्सनले भेट गरेका छन् ।
Published : Wednesday, 2024 March 13, 8:43 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया