बेठीक नियतले बनेको यो सरकारको आयु एक महिना : मेटमणि चौधरी
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यो सरकार बेठीक नियतका साथ बनेको बताए । उनले एमाले र माओवादी सरकारको आयु लामो नरहेको बताए ।
‘यो सरकार बेठीक नियतको साथ बनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ’, चौधरीले भने, ‘बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौति छ ।’
‘निकै सानो अवसर छ । यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन’, उनले भने ।
नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग कमजोर कम्युनिस्ट गठबन्धन बनाएका छन् । कम्युनिस्ट गठबन्धनको सरकारलाई नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक चौधरीले विरोध गर्दै छिटै गठबन्धन भत्किने जनाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया