मौकामा चौका, कसैलाई के धन्दा खनाललाई आफ्नै धन्दा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमालेको समर्थनमा इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेदवार बन्न खाेजेका छन् ।
खनालले उपनिर्वाचनमा नयाँ गठनको साझा उम्मेदवार बन्नुपर्ने माग गरेका छन् । खनालले एमालेका अध्यक्ष केपी ओलीसँग इलाम २ काे टिकट माग गरेका छन् । ओलीले खनाललाई कुनै आश्वासन दिएका छैनन् ।
एमालेले इलाम २ मा आफ्नो पार्टीबाट उम्मेदवार बनाउने तयारी गरेकाे छ । रास्वपाका सभापति रवि लामिछानेले पनि आफ्नै पार्टीबाट उम्मेदवार बनाउने जनाएका छन् ।
नेपाली कांग्रेसले पनि आफ्नै पार्टीबाट उम्मेदवार बनाउने तयारी गरेकाे छ । कांग्रेस उपनिर्वाचन जित्ने तयारी गरेकाे छ ।
२०७९ को निर्वाचनमा झलनाथ इलाम १ बाट चुनाव हारेका थिए । खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । बस्नेतले २५ हजार ७५३ मत ल्याउँदा झलनाथले २३ हजार ८९ मत पाएका थिए ।
इलाम २ मा एमालेबाट संविधान सभाका अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । नेम्वाङले ३० हजार २० मत ल्याएका थिए । तत्कालीन गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।
नेम्वाङको गत भदौमा निधन भएपछि आगामी बैशाखमा उपनिर्वाचन गर्नुपर्ने भएको हो । नेम्वाङका छाेरा पनि उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक देखिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया