ओली र नेपालबीच कुराकानी, एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले अध्यक्ष माधवकुमार नेपाललाई फाेन गरेपछि नेकपा (एकीकृत समाजवादी) पनि नयाँ गठबन्धनमा सहभागी हुन लागेकाे छ ।
मंगलबार बिहान ओेलीले नेपाललाई फाेन गरेर नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए । ओलीकाे प्रस्तावपछि नेपालले पार्टीभित्र परामर्श गरेर उपयुक्त निर्णय गरिने जवाफ दिएकाे प्रमुख सचेत मेटमणि चौधरीले बताएका छन् ।
प्रधानमन्त्री एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका अध्यक्ष ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालबीच छलफल गरेर सरकारमा सहभागीबारे निर्णय हुने नेता चौधरीले बताएका छन् ।
पार्टी विभाजन भएपछि पहिलाे पटक ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएकाे छ । ओलीले आग्रह गरेपछि नेपाल पनि सकारात्मक भएका छन् ।
Published : Tuesday, 2024 March 5, 2:23 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया