कांग्रेस सत्ताबाट बाहिरिनुकाे जिम्मेवारी नेतृत्वले लिनुपर्छ : नेता थकाली
काठमाडौं । नेपाली कांग्रेसका नेता राेमी गौचन थकालीले माओवादीले गठबन्धनमा धाेका दिने विषय कुनै नयाँ कुरा नभएको बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता थकालीले पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्नु स्वभाविक भएको भन्दै माओवादीकाे चरित्रमाथि पहिलादेखि सबैलाई जानकारी रहेकाे बताए । कांग्रेसको नेतृत्वले अहिकाे घटनाक्रमकाे जिम्मेवारी लिएर राजीनामा दिन सुझाव दिएका छन् ।
सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले काम गर्न नसकेकाे उनले बताए । मन्त्रीहरूले गतिलाे काम गर्न नसकेकाे अवस्थामा सरकारबाट कांग्रेस सत्ताबाट बाहिरिनु कुनै आश्चर्यकाे कुरा नरहेको बताए ।
कांग्रेसलाई माओवादीले धाेका दिएर एमालेसँग गठबन्धन गरेकाेमा बधाई दिदै विगतमा जस्तो झगडा नगर्न सुझाव दिए । उनले कम्युनिस्टहरू मिलेर बस्नै नसक्ने बताए । झण्डै दुईतिहाई बहुमत हुँदा पनि कम्युनिस्टले सरकार चाउन नसकेपछि कांग्रेसले सरकारकाे नेतृत्व गरेर चुनाव गराएकाे बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया