पोखरा र काठमाडौंबाट जुवातास खेलिरहेका १३ जना पक्राउ
काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट १३ जनालाई पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका-१० मनमैजु लोकतान्त्रिक चोक नजिक टहरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेर मानिसहरू पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सोही ठाउँ बस्ने म्याग्दीको धौलागिरी नगरपालिका-७ घर भएका ४८ वर्षीय तेजेन्द्र भण्डारी समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ५ सय ६५ रूपियाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
उता, पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित गोपाल बस्नेतको मोटरसाइकल ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा बारा बिश्रामपुर नगरपालिका-१ घर भएका ४० वर्षीय रमेश शाह समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४० हजार ४ सय ५० नेपाली रूपियाँ, ३ हजार २ सय भारतीय रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया