लुम्बिनीको मन्त्रालयहरुको भवन समयभन्दा छिटै निर्माण हुने
देउखुरी । प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनी प्रदेशको राजधानी देउखुरी, मसुरियास्थित निर्माणाधिन भवनहरुको अबलोकन गरेका छन् ।
शनिबार दाहालले भवनहरुको अवलोकन गरेका हुन् । उनले समयमा काम सम्पन्न गर्न शर्मा एण्ड कम्पनी प्रा.लि.लाई निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधि सौरभ शर्माले दश वटा भवनहरुको निर्माणको कार्य भइरहेको बताए ।
शर्माले समयभन्दा छिटै नै काम सम्पन्न हुने बताए । उनले ३० प्रतिशतभन्दा धेरै काम सम्पन्न भइसकेको बताएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शर्मा एण्ड कम्पनी प्रा.लि.ले सन्तोषजनक काम गरेको प्रधानमन्त्री दाहाललाई जानकारी गराए । चौधरीले भने, ‘सन्तोषजनक काम भइरहेको छ । शर्मा एण्ड कम्पनीले समयभन्दा ४।५ महिना अगाडि नै काम सम्पन्न हुने देखिएको छ ।’
प्रधानमन्त्री दाहालले निर्माणको कामहरु छिटो गर्न शर्मा एण्ड कम्पनीलाई निर्देशन दिएका छन् । दाहालले भने, ‘राम्रो काम गर्नु होला । समयभित्र काम पूरा होस् । राम्रो गर्नुस् ।’
शर्मा एण्ड कम्पनीले मन्त्रालयका विभिन्न दश वटा भवनहरु बनाइरहेको छ । लुम्बिनी प्रदेश सरकारले कम्पनीलाई भुक्तानी गरिरहेको छैन । तैपनि शर्मा एण्ड कम्पनी प्रा.लि.ले कामलाई निरन्तरता दिइरहेको छ । काम रोकिएको छैन ।
देशभरिका निर्माण व्यवसायीहरुले काम सम्पन्न गरेका आयोजनाको रकम समेत केन्द्र सरकारले नै रोकिदिएको छ । रकम अभाव र संकट हुँदा पनि शर्मा एण्ड कम्पनीले आफ्नो कामलाई रोकेको छैन ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया