सभापति डा.राणाद्वारा शालिन पोखरेलका दोषीहरुलाई कारबाही गर्न माग
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले १४ वर्षीया छोरी शालिन पोखरेलको मृत्यु प्रकरणबारे गम्भीर भएको भन्दै घटनाको यथार्थ छानविन गर्न माग गरेकी छिन् ।
आइतबार प्रेस नोट जारी गरेर सभापति डा.राणाले चितवन रत्ननगर–१० स्थित एकता शिशु निकेतन विद्यालयमा अध्ययनरत १४ वर्षीया छोरी शालिन पोखरेल स्कुलको होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएको घटनाको यथार्थ छानबिनका लागि सरकारसँङ्ग आग्रह गरेकी छिन् ।
‘परिवारजनले बलात्कारपछि हत्या भएको दावी गरेको अवस्थामा घटनालाई गम्भीर रुपमा लिएर दोषीलाई हदैसम्मको कारवाहीका लागि जोडदार माग गर्दछु’, उनले भनेकी छिन् ।
‘यस्ता खालका घटनाहरु बारम्बार दोहोरिनु सभ्य समाजका लागि बिडम्बनाको विषय हो’, सभापति डा.राणाले भनेकी छिन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया