लुम्बिनीमा लामो दुरीमा अनिवार्य दुई चालक, जीपीएस सिष्टम जडान हुने
देउखुरी । लुम्बिनी प्रदेश सरकारले सवारी साधनहरूमा नयाँ प्राविधिक जीपीएस सिष्टम लगायतका प्राविधि जडान गर्ने तयारी गरेको छ ।
सोमबार लुम्बिनी प्रदेश उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सरोकारवालाहरूसँग गरेको छलफलका क्रममा जीपीएस सिष्टम जडानको तयारी गर्न लागेको जनाएको हो ।
उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले सवारी दुर्घटना न्यूनीकरणका लागि जीपीएस सिष्टमले ठूलो भूमिका खेल्ने बताए ।
उनले भने, ‘इम्बोस्ड नम्बर प्लेटको जडान कार्यलाई कार्यान्वयनमा ल्याउन शीघ्र अगाडि बढाउने तयारी गरेका छौँ ।’
उनले प्रचलित कानूनले व्यवस्था गरेको लामो दुरीमा दुई वटा सवारी चालक अनिर्वाय रुपमा रहने व्यवस्थालाई अक्षरंश पालना गर्ने/गराउन निणर्य भएको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया