काठमाडौंमा नेपाली नक्कली रुपियाँसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट एक हजार दरको ६ थान नक्कली नोटसहित दुई जना मान्छेलाई पक्राउ गरेको छ ।
नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर भएका १९ वर्षीय साजन वाईबा रहेका छन् ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कमललाई १ हजार दरको ३ थान उक्त नोटसहित पक्राउ गरेको र थप अनुसन्धान गर्ने क्रममा बुढानिलकण्ठ नगरपालिका–१२ निलो माईक्रो पार्कबाट साजनलाई समेत १ हजार दरको ३ थान उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।
Published : Monday, 2024 February 26, 7:08 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया