बढुवासँगै तीन जना सहायक रथीहरुलाई जिम्मेवारी प्रदान
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
आइतबार जङ्गी अड्डा भद्रकालीमा आयोजित कार्यक्रममा प्रधान सेनापति शर्माले सहायक रथी सुनिल श्रेष्ठ, सहायक रथी अनुप जंग थापा र सहायक रथी प्रकाश देउजालाई पदोन्नति भएको दर्जाको दर्यानी चिन्ह प्रदान गरेका छन् ।
पदोन्नतिसँगै उपरथी श्रेष्ठ मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको सह–संयोजक र उपरथी देउजा, संभाररथी विभागमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरू नेपाल सरकारको मिति २०८० फागुन ६ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका हुन् ।
दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया