कल बाईपास गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौं । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआइपी) संचालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ घर भई कास्कीको पोखरा महानगरपालिका–११ बस्ने ३७ वर्षीय विशाल साह कलवार र रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–४ घर भई पोखरा महानगरपालिका–११ फूलवारी बस्ने २७ वर्षीय ईमरान अहमद खान रहेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाजिम्पाट र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले कास्की पोखरा महानगरपालिका–११ सिद्धेश्वरमार्गस्थित कोठामा कल बाईपास गरिरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूबाट भीओआइपी गेटवे ६४ पोर्टको २ थान, वाइफाई राउटर १ थान, युपिएस १ थान, एनसेलको सिम ५ सय ९७ थान, पेनड्राईभ १ थान, मोबाइल २ थान लगायतका उपकरण बरामद भएको छ ।
उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गतको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया