सभापति डा.राणाद्वारा संसदमा खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी विधेयक पेश
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा पेश गरेकी छिन् ।
शुक्रबार बसेको संसदको बैठकमा सभापति डा.राणाले विधेयक पेश गरेकी हुन् । विधेयकमाथि समितिमा सरोकारवालाहरूसँग छलफल भएको थियो ।
खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७७ समितिले दफावार छलफल गरि तयार गरेको प्रतिवेदन सहितको विधेयक प्रतिनिधिसभा नियमावली २०७९ को नियम १२१ बमोजिम सभापति डा.राणाले सदनमा पेश गरेकी हुन् ।
राष्ट्रियसभामा उत्पपत्ति भएको विधेयकलाई सभापति डा.राणाले समितिमा छलफल गराइ समयभित्र सदनमा पेश गरेकी छिन् ।
Published : Saturday, 2024 February 24, 10:52 am
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया