डा.अन्सारीको पहलमा महासमिति सदस्यहरूलाई नि:शुल्क औषधि, उत्कृष्ट सेवा प्रदान
काठमाडौं । नेपाली कांग्रेसको स्वास्थ समन्वय उप–समितिका सदस्य डा.अबुल हुसैन अन्सारीले महासमिति बैठकमा राम्रो स्वास्थ्य सेवा दिएका छन् ।
ललितपुरको गोदावरीमा फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकमा डा.अन्सारीले उपचार गराउन आउने महासमिति सदस्यहरूलाई नि:शुल्क औषधि उपलब्ध गराएका छन् । डा.अन्सारीको विशेष पहल र समन्वयमा विभिन्न प्रकारणका औषधिहरू राखिएका थिए ।
उप–समितिकी संयोजक उर्मिला नेपाल केसीको निर्देशन र परामर्शमा आफूले नि:शुल्क औषधि लगायतको सवा दिएको डा.अन्सारीले बताएका छन् ।
डा.अन्सारीले सभापति शेरबहादुर देउवा र उप–समितिकी संयोजक नेपालले विश्वास गरेर जिम्मेवारी दिएकोमा धन्यावाद पनि दिएका छन् ।
डा.अन्सारीले सबैसँगको समन्वयमा औषधिहरू राखेर स्टल राखेका थिए । आफूहरूको स्टलबाट करिव १ हजारले सेवा लिएको उनले बताएका छन् ।
डा.अन्सारी आफू पनि कांग्रेसका नेता पनि हुन् । उनले विदेशबाट औषधिहरू आयात पनि गर्छन् । बेलाबेला औषधिको संकट परेका बेला नि:शुल्क औषधि वितरणको क्याम्प पनि लगाउने गरेका छन् ।



बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया