कांग्रेस नेतृ एवम् सभापति डा.राणाद्वारा महिला महासमिति सदस्यहरूसँग शुक्रबार परामर्श गर्ने
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले महिला महासमिति सदस्यहरूसँग भेटघाट राखेकी छिन् ।
सभापति डा.राणाले शुक्रबार बिहान ८ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफल तथा भेटघाटको कार्यक्रम राखेकी हुन् । उनले महासमिति सदस्यहरूसँग समग्र राजनीतिकका साथै महासमिति बैठकका विषयमा अनौपचारिक कुराकानी पनि गर्ने कार्यक्रम छ ।
डा.राणाको निजी सचिवालयका अनुसार ‘नेपाली कांग्रेस महिला महासमिति सदस्यहरूसँग निर्वाचन ऐन सम्बन्धी छलफल तथा भेटघाट कार्यक्रम’ राखिएको छ ।
सोही कार्यक्रयममा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले निर्वाचन लगायत विभिन्न विषयमा जानकारी गराउनेछन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया