कांग्रेस नेतृ एवम् सभापति डा.राणाद्वारा महिला महासमिति सदस्यहरूसँग शुक्रबार परामर्श गर्ने
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले महिला महासमिति सदस्यहरूसँग भेटघाट राखेकी छिन् ।
सभापति डा.राणाले शुक्रबार बिहान ८ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफल तथा भेटघाटको कार्यक्रम राखेकी हुन् । उनले महासमिति सदस्यहरूसँग समग्र राजनीतिकका साथै महासमिति बैठकका विषयमा अनौपचारिक कुराकानी पनि गर्ने कार्यक्रम छ ।
डा.राणाको निजी सचिवालयका अनुसार ‘नेपाली कांग्रेस महिला महासमिति सदस्यहरूसँग निर्वाचन ऐन सम्बन्धी छलफल तथा भेटघाट कार्यक्रम’ राखिएको छ ।
सोही कार्यक्रयममा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले निर्वाचन लगायत विभिन्न विषयमा जानकारी गराउनेछन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया