बाराको जंगलमा बाघले मोटरसाईकलमाथि झम्ट्यो, दुई जना घाइते
काठमाडौं । बारा जिल्लामा बाघको आक्रमणबाट २ जना व्यक्ति घाइते भएका छन् ।
बुधबार साँझ पौने ५ बजेको समयम जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकालीस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको जंगलमा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
बाघको आक्रमणबाट मोटरसाईकल चालक रौतहटको बौधीमाई नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३० का कृष्ण साह र वर्ष ३५ का राजु साह रहेका छन् ।
कृष्णलाई खुट्टा र टाउकोमा चोट लागेको छभने राजुको बाँया हातमा चोट र दायाँ हातमा बाघले लछारेको छ ।
उनीहरू पथलैयाबाट रौटहततर्फ जाँदै गरेको ना.३६ प ५०११ नम्बरको मोटरसाईकललाई बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट घाइते भएपछि सामुदायिक अस्पताल निजगढ, बारामा उपचार भइरहेको छ ।
Published : Wednesday, 2024 February 21, 9:11 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया