गठबन्धनको कुरा प्रस्तावमा उल्लेख गर्न लायक छैन, यथाशीघ्र हटाइयोस् : सभापति रोज राणा
काठमाडौं । नेपाली कांग्रेस प्यूठानका क्षेत्रीय सभापति समेत रहेका लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले सभापति शेरबहादुर देउवाले गठबन्धन गरेर पार्टीलाई सबैभन्दा ठूलो बनाएको बताएका छन् ।
बुधबार ललितपुरको गोदावरीमा महासमितिको समूहगत छलफलमा भाग लिँदै सभापति राणाले गठबन्धन गरेरै कांग्रेसलाई सत्तामा ल्याएको बताए । उनले महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्तावको आलोचना गर्दै खारेजीको माग गरेका छन् ।
उनले भने, ‘रणनैतिक किसिमले त्यसपछि आएर कम्युनिस्टहरूलाई मिल्न दिनु हुँदैन, कम्युनिस्टहरू एक भएर एकै ठाउँ उभियो भने हामीलाई खुम्चाउँदै लान्छन् रणनैतिक किसिमले सहमतिमा फेरि गठबन्धन गरेर नेपाली कांग्रेसलाई पहिलो बनाउनुभयो ।’
‘हामी जरोमा पुग्नको लागि विद्वान, योङ्ग हाम्रा महामन्त्रीज्यूहरूले प्रस्ताव पेश गर्नुभएको छ । त्यसको लागि मैले धन्यावाद भन्न चाहन्छु’, राणाले भने, ‘गगन (थापा) दाइले पेश गर्नुभएको प्रस्तावमा केही भन्न चाहन्छु । अत्यन्तै सान्दर्भिक, अत्यन्तै उत्कृष्ठ छ । तर, पनि गठबन्धनको कुरालाई जोडिएको छ ।’
मन्त्री राणाले भने, ‘सायद यो गठबन्धनको कुरा त्यो प्रस्तावमा उल्लेख गर्नु लायक छैन । त्यसलाई यथाशीघ्र हटाइयोस् त्यो प्रस्ताव भन्ने आग्रह गर्न चाहन्छु ।’
‘किन भने गठबन्धन भनेको एउटा रणनैतिक कुरा हो भनेर मैले हिजो चन्द्र भण्डारी दाइको स्टाटस पढेको थिएँ’, उनले भने, ‘०७४ सालको चुनाव हामीले लडेका थियौं । कति साथीहरू हुनुहुन्छ छातीमा हात राख्नुस् त ? जितेर कति वटा सिट आएको थियो ? त्यस बेला सभापतिसँग सत्तो सराप गरियो ।’
उनले भने, ‘सभापतिजीले पार्टी खुम्चाउनुभयो, पार्टी सानो भयो भनेर सभापतिको विपक्षमा घेराबन्दी गरियो ।’
‘रणनैतिक किसिमले त्यसपछि आएर कम्युनिस्टहरूलाई मिल्न दिनु हुँदैन, कम्युनिस्टहरू एक भएर एकै ठाउँ उभियो भने हामीलाई खुम्चाउँदै लान्छन् रणनैतिक किसिमले सहमतिमा फेरि गठबन्धन गरेर नेपाली कांग्रेसलाई पहिलो बनाउनुभयो’, राणाले भने ।
‘नेपाली कांग्रेस जब पहिलो पार्टी बन्यो, त्यसपछि नेपाली कांग्रेसले सत्तारोहण गर्ने कुरामा नेपाली कांग्रेस पहिलो पार्टी हो, कुनै पनि हालतमा अर्को पार्टीलाई नेतृत्व दिनु हुँदैन प्रधानमन्त्री सभापति तपाई हो, बन्नुपर्छ भनेर, फेरि प्रधानमन्त्रीको अडिग लिन लगाइयो’, राणाले भने, ‘त्यसपछि सभापतिजीले हो नेपाली कांग्रेस पहिलो पार्टी हो, हामी नेपाली कांग्रेसको नेतृत्व गर्नुपर्छ भनेपछि अर्को तेस्रो पार्टी गएर दोस्रो पार्टीसँग मिलेर फेरि सत्ता आरोपण गर्यो ।’
‘त्यसपछि के भनियो ? महामन्त्रीद्वयले हामीलाई सल्लाह नै गरिन, हामी त पोखरामा थियौँ, भन्ने तहको उहाँहरूको कुरा आयो’, मन्त्री राणाले भने ।
‘त्यतिखेरका कार्यकर्ताहरू निरास थिएकी हामीसँग पार्टीको मूल नेतृत्वसँग सत्तोसराप गर्न पछाडि हटेनन् । हामी त सत्तामा गएनौँ भने मरिहाल्छौ कि जस्तो गरियो । हामी सडकमा चिच्याउँदै हिँडियो’, उनले भने ।
‘त्यसपछि रणनैतिक किसिमले फेरि सत्तामा ल्याएर अहिले भइरहेको गठबन्धनलाई तोड्नुपर्छ, यसलाई भत्काउनुपर्छ भन्ने ? आखिर गर्नुपर्ने के हो ? यहाँहरूले यो कुरालाई स्पष्ट पार्नुपर्छ । हजारौँ कार्यकर्तालाई अनिर्णयको बन्दी बनाएर राख्नु पाइँदैन’, राणाले भने ।
‘कसले संघर्ष गरेको छैन ? सबै मान्छे संघर्षबाट यहाँसम्म आएका छन् । अर्को कुरा तलबाट आउनुपर्छ, महासमितिमा जो जहाँबाट आउन सक्छ त्यो त्यहाँबाट आउने हो’, उनले भने ।
सभापति राणाले भने, ‘कसले राजनीति गरेको छैन ? यो प्रक्रिया छ । यो प्रक्रिया पुर्याएर नपुर्याएर कोही आएको छ ? यहाँ टिमका कुरा छन्, गुटका कुरा छन् । यहाँ सबैले छातीमा हात राखेर भन्नुस् त । को चाहिँ गुटमा रहनुभएको छैन ? कसले गुटको राजनीति नगरेर आउनुभएको छ ? सबै जना मान्छे एउटान एउटा टिममा आएर चुनाव लडेर यहाँसम्म आएका छौँ । सबै जना मूल नेतृत्वमा आइसकेपछि पार्टी कसरी ठूलो बन्न सक्छ ? भनेर लाग्नु स्वभाविक हो ।’
‘विदेशमा रहनुभएका साथीहरूको पनि पार्टीप्रति अत्यन्तै चिन्ता । नेताहरू बोल्नुभयो अत्यन्तै पार्टीप्रति चिन्ता छ’, उनले भने, ‘पार्टी किन खुम्चिदै गएको छभन्ने कुराको जरोमा पुग्न सकिएको छैन जस्तो मलाई लाग्यो ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया