आज महासमितिको बन्द सत्र, प्रस्तावहरू पेश हुने, समूहगत छलफलको तयारी
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा राजनीतिक, सांगठनिकसहितका प्रस्तावहरू पेश हुने भएका छन् ।
मंगलबार बिहान ९ बजेदेखि बैठक शुरु हुनेछ । प्रस्तावमा सामूहिक छलफलहरू हुनेछन् ।
विभिन्न समूहमा रहेर नीति, सांगठनिक, समसामयिक, अर्थ र लेखासम्बन्धी प्रस्तावहरूमाथि छलफल हुनेछ ।
बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन, महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदन, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रतिवेदनमाथि छलफल हुन लागेको छ ।
अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतको अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे र श्याम घिमिरेको लेखा सम्बन्धी प्रतिवेदन पनि पेश हुनेछन् ।
महामन्त्री थापाले गठबन्धनका कारण ठूलो दल भएको भन्दै गठबन्धनलाई बलियो बनाउँदै आगामी चुनावमा एकल बहुमत ल्याउने गरी सशक्त रुपमा जाने प्रस्ताव पेश गर्नेछन् ।
नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सभापति शेरबहादुर देउवाले सोमबार उदघाटन गरेका थिए ।
नीति महाधिवेशनको रुपमा समेत लिइएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया