बलम्बुको गोली काण्डबारे छानविन गर्न समिति गठन
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी प्रभाग बलम्बुको गोली काण्डबारे छानविन गर्न समिति बनाएको छ ।
ईन्स्पेक्टरले बोक्ने पेस्तोलबाट गोली चलेको घटनाबारे छानबिन गर्न प्रहरी परिसरले डीएसपी गंगा पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।
आइतबार प्रहरी प्रभाग बलम्बुका ईन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोक्ने पेस्तोलबाट फायर भएको थियो । एकना घाइते भएका थिए ।
ड्युटी सकेर जिन्सी शाखामा हतियार बुझाउन लाग्दा पेस्तोलबाट एक राउण्ड गोली चलेको थियो । ईन्स्पेक्टर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा झिकाएर घटनाबारे छानबिन भइरहेको छ ।
Published : Tuesday, 2024 February 20, 12:17 am
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया