भारतीय महिलासहित पाँच जनालाई अपराध प्रहरीद्वारा पक्राउ, काठमाडौंमा लाखौंको चोरी
काठमाडौं । काठमाडौंमा चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
चोरीमा संलग्न रहेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौंको तिलगंगामा बस्नेहरू भारतको समस्तिपुर मोहदीनगर घर भएका २६ वर्षीय लक्का भन्ने विकास पोदार छन् ।
भारतको वेगुसराका २८ वर्षीय जितेन्द्र पोदार, भारतको वैशालीका २७ वर्षीय भाइलाल पोदार, भारतको समस्तीपुरका ४० वर्षीय संजय पोदार र सोही ठाउँकी ५० वर्षीय मञ्जुदेवी पोदार पक्राउ परेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं जडीबुटीबाट पक्राउ गरेको जनाएको छ ।
प्रारम्भीक अनुसन्धानको क्रममा उनीहरूले गोकणेश्वर नगरपालिका–४ माकलवारीस्थित दिलमाया आले मगरको घरबाट माघ २८ गते दिउँसो सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा ६५ लाख रूपियाँ बराबरको धनमाल चोरी गरेका थिए ।
बुढानिलकण्ठ नगरपालिका–१० बस्ने दिनेश घिमिरेको घरबाट माघ २४ गते सुन तथा नगद गरी २५ लाख रूपियाँ बराबरको धनमाल र गोकणेश्वर नगरपालिका–३ बस्ने गीता राईको घरबाट सुनचाँदीका गरगहना तथा नगद समेत गरी ४ लाख १० हजार रूपियाँ बराबरको धनमाल चोरी भएको घटनामा समेत उनीहरूको संलग्नता रहेको खुल्न आएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया