प्रभु बैंकका अप्रेसन इन्चार्ज रकम हिनामिना गरेर बेपत्ता
घोराही । प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह ६ दिनदेखि बेपत्ता छन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडी बजारस्थित बैंकको शाखाका इन्चार्ज शाह बेपत्ता भएपछि खोजी शुरु भएको छ ।
आफ्नो बचत रकम हिनामिना गरेर शाह बेपत्ता भएको भन्दै बचतकर्ताहरू हरेक दिन शाखा कार्यालयमा भेला हुने गरेका छन् ।
शाहको गतिविधि शंकास्पद देखिएपछि आन्तरिक अनुसन्धान थालिएको छ । बैंकको कर्णाली प्रदेशबाट आएका दुईजनाको टोलीले अनुसन्धान गरिरहेको शाखा प्रमुख डम्बर गौतमले बताएका छन् ।
शाहले १२ दिनको बिदा मागेका छन् । आफू बिदामा रहेका कारण नमिल्ने बताएको जनाइएको छ । नेपालगन्ज जानु छ भनेर शाह सम्पर्कविहीन भएका छन् ।
शाहमाथि व्यक्तिगत कारोबारको आशंका गरिएको छ । केही व्यक्तिले शाहलाई ऋण दिएको र एकाएक बेपत्ता भएको थाहा पाएपछि आत्तिएको हुन सक्ने बैंकका एक कर्मचारीले बताएका छन् ।
प्रारम्भिक जानकारीअनुसार एक करोड ३५ लाख अपचलन भएको देखिएको छ । बैंकको प्रदेश कार्यालयले अहिलेसम्मको अनुसन्धानबाट उक्त परिमाणको रकममा अपचलन भएको देखिएको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया