ललितपुरमा दुई बालबालिकाको मृत्यु, आमाले हामफालिन्
जावलाखेल । ललितपुर जिल्लामा एउटा घरमा अचेत अवस्थामा फेला परेका ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
शनिबार महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटको एउटा घरमा दुईजना बालबालिका अचेत अवस्थामा फेला परेका थिए । उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताएका छन् ।
बालबालिकाकी आमा ३६ वर्षीया रबिना महर्जनले घरको चौथो तलबाट हामफालेकी थिइन् । रबिनाले हामफालेपछि स्थानीयले उनलाई उद्धार गरेका थिए । रबिनाको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि घरभित्र पुग्दा कोठाभित्र दुईजना बालबालिका अचेत अवस्थामा फेला परेका थिए । रबिनाको अवस्था गम्भीर रहेको छ । घटना भएका बेला रबिनाका पति घरमा नरहेको प्रहरीले जनाएको छ ।
बालबालिकाको मृत्यु के कारणले भएको भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया