ललितपुरमा दुई बालबालिकाको मृत्यु, आमाले हामफालिन्
जावलाखेल । ललितपुर जिल्लामा एउटा घरमा अचेत अवस्थामा फेला परेका ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
शनिबार महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटको एउटा घरमा दुईजना बालबालिका अचेत अवस्थामा फेला परेका थिए । उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताएका छन् ।
बालबालिकाकी आमा ३६ वर्षीया रबिना महर्जनले घरको चौथो तलबाट हामफालेकी थिइन् । रबिनाले हामफालेपछि स्थानीयले उनलाई उद्धार गरेका थिए । रबिनाको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि घरभित्र पुग्दा कोठाभित्र दुईजना बालबालिका अचेत अवस्थामा फेला परेका थिए । रबिनाको अवस्था गम्भीर रहेको छ । घटना भएका बेला रबिनाका पति घरमा नरहेको प्रहरीले जनाएको छ ।
बालबालिकाको मृत्यु के कारणले भएको भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया