काठमाडौंमा उपचार गराउँदै आएकी दाङकी प्रतिमा रेग्मी हराइन्
काठमाडौं । उपचार गराउँदै आएकी प्रतिमा रेग्मी काठमाडौंबाट हराएकी छिन् ।
दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं. १९ बासगढी दाङ स्थायी घर भएकी रेग्मी (anxiety) उपचारका क्रममा हराएकी हुन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १०, सतुंगल, धौलागिरी आवास क्षेत्रमा बस्दै आएकी थिइन् ।
रेग्मीले चिन्तासम्बन्धी समस्याको उपचार गराउँदै आएकी थिइन् । माघ २२ गते सोमबार साँझ ७ बजेर १५ मिनटमा रेग्मी घरबाट हराएकी हुन् ।
रातो ज्याकेट, कालो कुर्ता, सुरुवाल, सेतो चप्पल लगाएर घरबाट निस्किएको आफन्तले जनाएका छन् । रेग्मीको माइत घोराही उपमहानगरपालिकाको बरगद्धीमा पर्छ । विवाह भएपछि तुलसीपुर गएकी हुन् ।
रेग्मीको धेरै खोजतलास गर्दा पनि हालसम्म फेला नपरेको परिवारजनले बताएका छन् । परिवारजनले रेग्मीलाई फेला पारेमा नजिकको प्रहरी वा ९८५११८०१४२ र ९८५५०५८०११ नम्बरमा सम्पर्क गरेर खबर गरिदिन अनुरोध गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया