विद्रोह गरेर मधेश प्रदेशसभामा निर्वाचित यादव जसपामा फर्किए
राजविराज । मधेश प्रदेशसभाका स्वतन्त्र सदस्य अनिरूद्व प्रसादसिंह यादव जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् ।
शनिबार सप्तरीको बोदेवर्साइन नगरपालिकामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा यादव जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका छन् । प्रदेशसभा सदस्य यादवसँगै उल्लेख्य संख्या समर्थकहरू पनि जसपामा प्रवेश गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, राष्ट्रियसभाका सदस्य मृगेन्द्रकुमार सिंह यादव लगायतको उपस्थिति रहेको थियो ।
सप्तरीको निर्वाचन क्षेत्र ४ (२) बाट यादव मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यादवले टिकट नपाएपछि तत्कालीन समयमा जसपा छाडेका थिए । स्वतन्त्र उम्मेदवारी दिएर उनी विजयी भएका थिए ।
९ हजार ९ सय ८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार अभिषेक यादवले ७ हजार ९ सय २० मत प्राप्त गरेका थिए । यादव जसपामा प्रवेश गरेपछि मधेश प्रदेशसभामा सदस्यहरूको संख्या १९ पुगेको छ ।
यसअघि महोत्तरी २ ‘२’ बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३ ‘१’ बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल पनि जसपामा प्रवेश गरेका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टीका अनुपलाल साह, पूर्व कृषि सचिव शंकरलाल चौधरी लगायत विभिन्न पार्टी परित्याग गरी सयौं प्रभावशाली व्यक्तिहरू जसपामा प्रवेश गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया