प्रहरीमा ठूलो संख्यामा जवान, खेलाडी, कुचीकार र भान्छेमा आवेदन माग
काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार ९ सय ५० जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।
नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार ८ सय ५६ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ९४ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।
जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ भान्छेतर्फ ५३ जना, हजामतर्फ ७ जना, कुचिकारतर्फ २० जना र खेलाडीतर्फ १४ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।
प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम लिन र बुझाउन सकिनेछ ।
साथै प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा दरखास्त दर्ता गर्न इच्छुक उम्मेदवारहरूको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंमा मात्र दरखास्त फाराम दर्ता हुनेछ ।
नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।
दरखास्त आव्हान सम्बन्धि विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया