४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग
काठमाडौं । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन खुल्ला गरेको छ ।
आयोगको परीक्षा महाशाखाले शुक्रवार सूचना जारी गरेर जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो ।
नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम देहायको समूहमा जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन पाउने जनाएको छ ।
आवेदन विज्ञापन सूचना प्रकाशन भएको मितिले ३० दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म पाउनेछ ।
Published : Friday, 2024 February 9, 2:17 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया