नापीका सर्वेक्षक र लेखापढी कर्मचारी काठमाडौंबाट पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय, कलंकी, काठमाडौंका सर्वेक्षक र लेखापढी कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
बुधबार पक्राउ पर्नेमा नापी कार्यालय कलंकीका नापी सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाइँ र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रमणि पोखरेल छन् ।
उनीहरूलाई अख्तियारको टोलीले सेवाग्राीबाट १ लाख रुपियाँ घुससहित पक्राउ गरेको छ ।
उनीहरूले जग्गाको हालसाविक र कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भन्दै घुस लिएको अख्तियारले जनाएको छ ।
जुम्ला जिल्ला घर भई काठमाडौं बुढानीलकण्ठ बस्ने ३८ वर्षीय सर्भेक्षक चौलागाइँलाई कलंकीस्थित नापी कार्यालयबाटै पक्राउ गरिएको थियो । उनको साथबाट ४५ हजार रुपियाँ नगद बरामद भएको छ ।
Published : Wednesday, 2024 February 7, 9:12 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया