नेताहरूबीच तिक्तता छ, कांग्रेस बनाउँन सुधार गरौँ : प्रमुख सचेतक तिमिल्सिना
बर्दिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले कांग्रेसका नेताहरूमा तिक्तता रहेको स्वीकार गरेका छन् ।
सोमबार बर्दियामा नेपाली कांग्रेस बर्दियाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले भने, ‘हामीहरूका बीच तिक्तता छ । यो तिक्तता कति समय जाने हो ?’
उनले माओवादी, एमालेबाट कांग्रेसमा आउन चाहेका नेता कार्यकर्ताहरूलाई कसरी समायोजन गर्ने भन्ने विषयमा ध्यान दिनु जरुरी रहेको बताए । पार्टीभित्रका साथीहरूले एकले अर्कालाई स्वीकार गर्न नसकिरहेको नेता तिमिल्सिनाले बताएका छन् ।
उनले भने, ‘कामले कसरी सुधार्नुपर्छ भन्ने विषयमा ध्यान दिनुपर्छ । यो विषयलाई धेरै चर्चा गर्न चाहन्न । तीन तहको सरकार छ । एकआपसमा यो विषयलाई कसरी मिलाएर लैजाने भनने चुनौती छ ।’
प्रमुख सचेतक तिमिल्सिनाले संघीयतालाई सुदृढ गरेर जानुपर्ने बताएका छन् । उनले संघीयताले गर्दा सबै जातजातिले स्थान पाएको बताए । तिमिल्सिनाले संघीयतालाई बलियो बनाउने जिम्मेवारी पनि कांग्रेसको रहेको बताएका छन् ।
नेतृत्वले कमीकमजोरी गरेको छभने हामी सबैले स्वीकार गर्नुपर्ने उनको भनाइ छ । पार्टीले गल्ती गरेको व्यक्तिलाई सम्झाउँदा सम्झिनुपर्ने उनले बताए ।
व्यक्तिको घरघरमा जान नसके पनि आफ्नो क्षेत्रमा काम गरेको नेता तिमिल्सिनाले बताएका छन् । उनले आफूबाट गल्ती गरेको भए सुधार गरेर जान तयार रहेको बताएका छन् ।
कार्यक्रममा केन्द्रीय सदस्य विमलेन्द्र निधि, लुम्बिनी प्रदेश कांग्रेसका उप–सभापति एवम् स्वास्थ्यमन्त्री राजु खनाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया