हाइप्रोफाइल व्यक्तिका छोराविरुद्ध पक्राउ पुर्जी जारी, नेपाल छाडेको आशंका
काठमाडौं । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राईका छोराविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
ईन्द्रजितका छोरा निरज राईविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्ने आदेश लिएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको पाइएपछि निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीका अनुसार निरज फरार छन् । उनले नेपाल नै छाडेर भागेको चर्चा छ ।
निरजका बुवा ईन्द्रजितलाई भने मंगलबार बिहान प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।
ईन्द्रजित राईले गृहमन्त्री थापा, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक–पटक गरी ५ करोड रकम लिएको पाइएको छ ।
गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ चैत १२ गते पक्राउ परेका थिए । उनीहरूको बयानका आधारमा ईन्द्रजित राई, टोपबहादुर रायमाझीसहितका व्यक्ति मुछिएका हुन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया