तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार पक्राउ, एमालेभित्र खैलाबैला
काठमाडौं । एमालेका तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई पक्राउ परेका छन् ।
राईलाई मंगलबार बिहान जिल्ला प्रहरी परिषर काठमाडौंले पक्राउ गरेको हो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउनेभन्दै करोडौं रुपियाँ असुलउपर गर्दै आएको गिरोहका मुख्य योजनाकारका रुपमा राईलाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेका थिए । उनीहरूको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाट पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
एमालेका नेता थापा २०७४ फागुनदेखि २०७८ असारसम्म गृहमन्त्री रहेका थिए । थापाका सुरक्षा सल्लाहकार राईले भुटानी शरणार्थी समस्या समाधानमा स्थायी तवरको उपाय पहिल्याइने भन्दै गृह मन्त्रालयबाट नीतिगत असंगत निर्णयहरू गराएको र नक्कली शरणार्थी बन्न जनही बढीमा ५० लाखसम्म पैसा असुल्न मार्गप्रसस्त गरिदिएको बयानमा खुलेको छ ।
प्रहरी परिसर टेकुमा राखिएका राईले समेत विभिन्न चरणमा गरेर पाँच करोड रुपियाँभन्दा बढी आफूबाट लिएको भनेर पक्राउ परेका गिरोहका सदस्यले बयानमा जनाएका छन् ।
गिरोहलाई आफूले समेत मन्त्रालय तहमा विभिन्न कठिनाइ आइपर्दा सहयोग गरेको र गिरोहका नाइके दुलाल, भण्डारीसँग आफ्नो पुरानो चिनजान रहेको भन्दै तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले स्वीकारिसकेका छन् ।
पक्राउ परेकामध्ये दुलाल तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक थिए । भण्डारी ऊर्जामन्त्री रायमाझीकै सहयोगी थिए ।
बयानमा तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र ईन्द्रजीतका छोरा निरजको नामसमेत रकम संकलनका मध्यस्थकर्ताका रुपमा आइसकेको छ ।
एमालेका नेता समेत रहेका तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई नै पक्राउ परेपछि एमालेभित्र खैलाबैला भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया