डोलप्रसादलाई हटाएपछि लामिछाने दलको नेता बने, विभागहरू बनाउँदा स्वर्णिम हाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् ।
काठमाडौंमा सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई दलको नेता चयन गरेको हो ।
सभापति लामिछानेलाई संसदीय दलको नेता बनाउन यसअघिका संसदीय दलका नेता डोलप्रसाद अर्याललाई राजीनामा गर्न लगाइदिएको थियो ।
लामिछानेलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरिएको प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् ।
४ मंसिर २०७९ को चुनावमा २० सिट जितेको रास्वपामा लामिछाने नै संसदीय दलको नेता चुनिएका थिए ।
नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि डोलप्रसाद अर्याल दलको नेता भएका थिए ।
वैशाख १० गतेको उप–चुनावमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । अर्याललाई संसदीय दलको नेताबाट राजीनामा दिन दवाव दिइएको थियो ।
रास्वपा संसदीय दलको बैठकले सांसद निशा डाँगीलाई सचेतक तोकेको छ ।
रास्वपाले कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, अहिले जसरी केवल समर्थन मात्रै दिएको अवस्थामा नबस्ने निर्णय गरेको छ । रास्वपाले अहिलेको अन्योल हटाउने निर्णय गरेको छ ।
शुक्रबार बस्ने अर्को बैठकमा पार्टीले सरकारबारे औपचारिक निर्णय लिने बताइएको छ ।
रास्वपाले विभिन्न विभागहरुको प्रमुख चयन गरेको छ । वाग्लेलाई अर्थ विभागको प्रमुख बनाइएको छ । विभाग बनाउँदा डा.वाग्ले हाबी देखिएका छन् । उप–निर्वाचनमा रास्वपामा प्रवेश गरेर सांसद बनेका डा.वाग्लेले रोजेको विभाग पाएका छन् ।
नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी मुकुल ढकाललाई दिइएको छ । कविन्द्र बुर्लाकोटी संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
शिशिर खनाललाई अन्तर्राष्ट्रिय विगभाग प्रमुख, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग प्रमुख हरि ढकाल, शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तोसिमा कार्की, कृषि विभाग र सहकारी विभाग प्रमुख अशोक चौधरी र सार्वजनिक लेखा समीक्षा विभाग प्रमुख मनीष झालाई तोकिएको छ ।
१. नीति तथा विचार विभाग – डा. मुकुल ढकाल
२. प्रशिक्षण विभाग–डा. मुकुल ढकाल
३. संगठन विभाग–कविन्द्र बुर्लाकोटी
४. अभियान तथा प्रचारप्रसार विभाग–विपिन आचार्य
५. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग–शिशिर खनाल
६. प्रवास नेपाली सम्पर्क विभाग–डोलप्रसाद अर्याल
७. मानवीय विकास प्रवर्द्धन विभाग–कुसुम महर्जन
८. केन्द्रीय ‘आरएटी’ संयोजना विभाग–विष्णुकुमार श्रेष्ठ
९. उत्पादन प्रवर्द्धन विभाग–रामकृष्ण भट्टराई
१०. नेतृत्व क्षमता तथा मानव संसाधन विभाग खुश्बु सरकार श्रेष्ठ
११. जनसम्पर्क विभाग–दीपक बोहोरा
१२. भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग–हरि ढकाल
१३. आर्थिक व्यवस्थापन विभाग–लिमा अधिकारी
१४. गुनासो व्यवस्थापन विभाग–डा. चन्दा कार्की
१५. विकास योजना तथा नीति तर्जुमा विभाग–डा.अरनिको पाण्डे
१६. तथ्याङ्क अनुसन्धान तथा अभिलेखीकरण विभाग–मनीष झा
१७. विधेयक मन्थन विभाग–गणेश कार्की
१८. गैरआवासीय नेपाली सम्पर्क विभाग–अर्जुन अधिकारी
१९. कानून तथा न्याय विभाग– सोविता गौतम
२०. अर्थ नीति विभाग–डा.स्वर्णिम वाग्ले
२१. सार्वजनिक लेखा समीक्षा विभाग–मनीष झा
२२. शिक्षा विभाग–सुमना श्रेष्ठ
२३. स्वास्थ्य तथा जनसंख्या विभाग–डा.तोसिमा कार्की
२४. कृषि विभाग–अशोक चौधरी
२५.पर्यटन तथा संस्कृति विभाग–शिशिर खनाल
२६. मुद्रा तथा पूँजी बजार विभाग–विराजभक्त श्रेष्ठ
२७. उद्योग तथा वाणिज्य विभाग–गणेश पराजुली
२८. श्रम तथा उपभोक्ता हित विभाग–असिम शाह
२९. यातायात विभाग–शिव नेपाली
३०. पूर्वाधार विकास अनुगमन विभाग–निशा डाँगी
३१. युवा तथा खेलकुद विभाग–डा.तोसिमा कार्की
३२. विज्ञान,सञ्चार तथा सूचना प्रविधि विभाग–सुमना श्रेष्ठ
३३. मानवअधिकार विभाग–सन्तोष परियार
३४. सहकारी विभाग–अशवक चौधरी
३५. वन, वातावरण तथा प्राकृतिक स्रोत विभाग–विनिता कठायत
३६. महिला तथा सामाजिक विकास विभाग–लक्ष्मी तिवारी
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया