प्रतिनिधि सभा र राष्ट्रिय सभाको सचिवमा एमाले समर्थक पाण्डे-अर्याल सिफारिस
काठमाडौं । प्रतिनिधि सभा अर्थात संघीय संसदको सचिव पदमा डा.सुरेन्द्र अर्याल र पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ ।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्यबाहक राष्ट्रपति रामसहाय यादवलाई भेटेर सचिवको नाम बुझाएका हुन् ।
प्रतिनिधि सभाको सचिवमा पाण्डे र राष्ट्रिय सभाको सचिवमा अर्यालको नाम सिफारिस भएको छ । सचिवको कार्यकाल पाँच वर्षको हुनेछ ।
संघीय संसदका सचिवको नियुक्ति राष्ट्रपतिले गर्ने व्यवस्था छ । सचिव पदका सिफारिस भएका अर्याल संसद सचिवालयका सह–सचिव हुन् ।
पदमप्रसाद पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायब महान्यायधिवक्ता हुन् ।
सचिवमा सिफारिस भएका पाण्डे र अर्याल एमाले समर्थक हुन् । राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिना र सभामुख घिमिरे एमालेका सांसद हुन् । उनीहरूले आफू अनुकूलको एमाले समर्थक सचिव नियुक्तिका लागि सिफारिस गरेको स्रोतले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया