सभापति लामिछानेलाई प्रचण्डद्वारा भव्य स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न सभापति लामिछानेले आइतबार बिहान बालुवाटार गएका थिए । दाहालले लामिछानेलाई पुनः प्रतिनिधि सभामा निर्वाचित भएकोमा बधाइ तथा शुभकामना दिएका छन् । दाहालले सभापति लामिछानेलाई खादा लगाइदिएर स्वागत गरेका छन् ।

दाहाल र लामिछानेका बीच रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ ।

सभापति लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेर आफ्ना अभिव्यक्तिहरू दिइरहेका बेला प्रधानमन्त्री दाहालसँग भेटवार्ता र परामर्शहरू भएका छन् ।

Published : Sunday, 2023 April 30, 11:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया