महावीर जस्तो व्यक्तिले अराजक अभिव्यक्ति दिन मिल्छ ? कि राजनीति शुरु गरेका हुन् ?

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सडक आन्दोलन गरिरहेका छन् ।

काठमाडौंको माइतीघरमा पुनले सञ्चालन गरेको आन्दोलनमा शनिबार राप्रपाका नेताहरू पनि सहभागी भएका छन् । केही सर्वसाधारणले पनि सहभागिता जनाएका छन् ।

पुनले राम्रो काम गरेका छन् । पुनको प्रशंसकहरू नेपालसहित विदेशमा पनि छन् । शालिन व्यक्ति पुनले शनिबार दिएको अभिव्यक्तिलाई भने धेरैले रुचाएका छैनन् । उनले जनप्रतिनिधिहरूलाई दिएको धम्कीपूर्ण अभिव्यक्ति उचित नरहेको टिप्पणी भएका छन् ।

सरकारले सकेसम्म पुनलाई सहयोग गरिरहेको छ । सरकारले सहयोग गर्ने आश्वासन पनि दिइरहेको छ । तर, पुनले शनिबार दिएको अभिव्यक्ति उचित नरहेको टिप्पणी भएका छन् । पुनले राजनीतिक नेताको जस्तै गरेर अभिव्यक्ति दिएका छन् । पुन र राजनीतिक दलको नेतामा कुनै फरक छैन । कि पुनले राजनीतितर्फ आफूलाई अगाडि बढाउन खोजेका हुन् कि भन्ने आशंका उब्जिएको छ ।

रवि लामिछाने, डा.स्वर्णिम वाग्ले, बालेन्द्र शाह, हर्कराज राईलगायतका व्यक्तिले चुनाव जितेको देखेर पुनलाई पनि राजनीतिमा होमिन मन लागेर सांसद र राजनीतिक दलका नेताहरूलाई गालीगलौज गरेको हुन सक्ने चर्चा भएका छन् ।

पुनले सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । उनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन गरेका छन् ।

उनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् ।

पुनले संसदमा बोल्न आफूलाई समय दिइनुपर्ने माग पनि गरेका छन् । संसदमा बोल्न प्रतिनिधि सभाको निर्वाचन वा समानुपातिक सांसद बनेर आउनुपर्छ । पुनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जस्तै जितेर आउनुपर्छ ।

पुनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर, कानून बनाउन समय नमिल्ने हो भन्ने प्रश्न गरेका छन् ।

सांसदहरूले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको उनले बताएका छन् ।

अरु हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग नभएको उनले बताएका छन् । उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताएका छन् ।

पुनले सबै नेताहरू आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने माग पनि गरेका छन् ।

उनले भनेका छन्, ‘अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग खोई ? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौं ।’

‘यो अनुरोध सबै पार्टीलाई हो । अरु पार्टी पनि आएर मेरो भाषण सुनुन्’, उनले भने, ‘की मलाई संसदमा गएर बोल्ने व्यवस्था गरिदिउन् ।’

पुनले नेताहरूले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको बताएका छन् ।

Published : Saturday, 2023 April 29, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया