गृहमन्त्री र आईजीपी ‘लुते’ भएपछि अराजकता बढ्यो, राज्यसँग लड्न किरात फोर्स गठन
काठमाडौं । गृहमन्त्री कमजोर भएपछि अराजकता बढ्छ भन्ने कुराको पछिल्ला घटनाहरूले पुष्टि गरिरहेको छ ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएपछि राष्ट्रिय सभामा संविधान विपरित झ्यालबाट छिरेका श्रेष्ठले मुलुकको गृह प्रशासन सम्हाल्न सकेका छैनन् ।
गृहमन्त्री श्रेष्ठको हालत यस्तो छ कि उनीबाट मुलुकमा शान्ति सुरक्षा झन् कमजोर अवस्थामा पुग्न थालेको छ । श्रेष्ठलाई गृह प्रशासन निकै भारी भएको छ । माओवादीले गृह प्रशासन चलाउन सक्दैन भन्ने पुष्टि गृहमन्त्री श्रेष्ठले गरिसकेका छन् ।
शान्ति सुरक्षा फितलो भएकै कारण झापामा बुधबार एमालेका अध्यक्ष खड्गप्रसाद ओलीमाथि केही अराजक प्रदर्शनकारीले आक्रमणको प्रयास गरेका छन् । उनीहरूले ओलीलाई कालोझण्डा देखाएर अबरोधको प्रयास गरेका छन् ।
मुलुकका विभिन्न स्थानमा हत्या, हिंसाका गतिविधिहरू पनि बढ्न थालेका छन् । रौतहटमा हालै अपहरणको घटना भएको छ । केही दिन अगाडि नेपालगञ्जमा गुण्डा नाइके चक्रे मिलनले आफ्नो बडीगार्डलाई बन्दुकसहित प्रदर्शन गरेका थिए । प्रहरीले चक्रे मिलनलाई पक्राउ गरेन । गुण्डा नाइके चक्रे मिलनसँग प्रहरीको के साँठगाँठ छ ? प्रश्न उठेको छ ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर पनि ‘लुते’ भएको भनेर आलोचना भइरहेको छ । कुँवरले कमाण्ड सम्हाल्न नसकेको भनेर आलोचना भइरहेका बेला अपराधका घटनाले सबै संकेतहरू भत्काउन थालेको छ ।
गुण्डा नाइकेहरू सलबलाउन थालेका छन् । ठगीका धन्दा पनि बढेका छन् । प्रहरीभित्र काम गराउन निकै कठिन छभन्ने गुनासाहरू आइरहेका छन् ।
आईजीपी कुँवरले शान्ति सुरक्षा बनाउनुभन्दा पनि काजमा रहेका सिपाही, हवल्दारहरूलाई फिर्ता बोलाउन आदेश दिएर नक्सालभित्र कुर्सीमा घुमेर बसेका छन् । आईजीपी कुँवरले काजमा रहेका प्रहरीका सिपाही र हवल्दारको नाम गनेर बसेका छन् ।
कोशी प्रदेशमा केही अराजक समूहले विभिन्न नाममा फोर्सहरू तयार पारेका छन् । पहाडी जिल्लाका गाउँहरूमा अर्ध सैनिक दस्ता बनाएर जनतालाई दुःख दिइरहेका छन् । ती अराजक फेर्सको हर्कत र गतिविधिले अशान्ति भइरहेको गुनासाहरू आउँदा पनि गृहमन्त्री श्रेष्ठ र आईजीपी कुँवर कानमा तेल हालेर बसेको आरोप छ ।
कोशी प्रदेशबिरुद्व ‘किरात फोर्स’ तयार गरेर सरकारी विद्यालयहरूमा तालिम र परेड खेल्ने कार्यहरू भइरहेका छन् । खोटाङमा ‘माझ किरात फोर्स’ तयार गरिएको छ । माझ किरात फोर्सले सरकारी विद्यालयको प्राङ्गणमा परेड खेलेका तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।
कानून र संविधान विपरितका यस्ता गतिविधिबाट खोटाङको प्रहरी बेखबर छ । खोटाङको प्रहरी नेतृत्व निकम्मा भएकै कारण माझ किरात फोर्सले आफ्नो आतंक खुलेआममा गरिरहेको छ ।
माझ किरातले तयार पारेको फोर्समा कालो पोशाक लगाउन दिइएको छ । फोर्सले सैन्य गतिविधि गरिरहेको छ । फोर्स गठन गरेर सबैले राज्यविरुद्ध यस्ता गतिविधि गर्ने हो भने झन् समस्या हुनेछ ।





बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया