उप-निर्वाचनका ‘कमाण्डर’ गगन र विश्वप्रकाशले किन जिताउन सकेनन ? कहाँ भयो कमजोरी ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक ‘ग्ल्यामर्स’ स्खलित भएको छ ।
गगन र विश्वप्रकाशलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी कमाण्डर बनाएर पठाएका थिए । चितवन २ मा विश्वप्रकाश शर्मा र तनहुँ १ मा गगन थापालाई कमाण्डर बनाइएको थियो ।
बिडम्बना दुबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरूले झण्डै जमानत गुमाए । चितवन २ मा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पराजित हुन्छन् भन्ने धेरैको पूर्वानुमान थियो ।
तर, तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जित्छन् भन्ने अनुमान थियो । तर, भट्टराईले पनि नराम्रोसँग पराजय भोग्नु परेको छ ।
चितवन २ मा महामन्त्री शर्माले कुनै पनि जादु देखाउन सकेनन् । अघिल्लो चुनावमा भन्दा पनि कांग्रेसको भोट कम आयो । महामन्त्री शर्मालाई कमाण्डर बनाएर खटाउँदा कांग्रेसको मत घट्यो ।
उता, तनहुँ १ को नतिजा पनि निराशाजनक आयो । महामन्त्री थापाले तनहुँ १ मा जादु चलाउँछन् कि भन्ने धेरैको अनुमान थियो । थापाको कुनै पनि जादु चलेन । कांग्रेसले ५ महिना अगाडि जितेको क्षेत्र रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्लेसँग गुमाएको छ ।
कांग्रेसका भट्टराईलाई हराउने डा.वाग्ले तत्कालीन समयमा महामन्त्री थापाकै ‘कोरटिम’का सदस्य हुन् । डा.वाग्ले उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा थापालाई कमाण्डर बनाएर पठाएर कांग्रेसले भुल त गरेन ?
थापा र शर्माले चुनावी रणनीति र योजना राम्रो बनाउन सकेनन् । उनीहरूले रास्वपाको लोकप्रियतालाई बुझ्न सकेनन् । महामन्त्रीद्वय थापा र शर्माले रास्वपाका सभापति लामिछानेको दुई वटा नागरिकता, दुई वटा राहदानी, चार वटी पत्नीको कुरा सार्वजनिक रुपमा उठाएनन् । लामिछानेको कीर्ते काण्डका कारण उप–निर्वाचन भएको कुरा पनि थापा र शर्माले उठाएनन् । लामिछानेका कारण चितवन २ मा फेरि अर्को उप–चुनाव हुने सम्भावना छ भनेर थापा र शर्माले भनेनन् ।
कांग्रेसको आन्तरिक कुरालाई सार्वजनिक ठाउँमा पोखेर आतंकित बनाएका महामन्त्रीद्वय थापा र शर्माले कि पदबाट राजीनामा दिनुपर्छ कि पर्दैन ? होइन भने कांग्रेसलाई कसरी एक बनाएर जाने त्यो विषयमा कार्ययोजना ल्याउनुपर्छ ।
महामन्त्रीद्वय थापा र शर्मासँग कांग्रेसका कार्यकर्ताले ठूलो अपेक्षा राखेका थिए र छन् । थापा र शर्माले चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवार श्रेष्ठ र भट्टराईलाई जिताउन नसके पनि कांग्रेसको भोट घट्न दिनु हुँदैन थियो । थापा र शर्माको हैसियत उप–निर्वाचनमा देखिएको छ ।
रास्वपाका सभापति लामिछाने र नेता डा.वाग्लेका सामु महामन्त्रीद्वय थापा र शर्मा राजनीतिक रुपमा कमजोर देखिएका छन् । थापा र शर्माले जसरी कांग्रेसको नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा बबण्डर मच्चाएका थिए त्यसैगरी चुनावमा सामाजिक सञ्जालमा कमाल देखाउन सकेनन् ।
कुनै कुराको ट्वीटरमा छिटो टिप्पणी गर्ने थापा र शर्मा अहिले चुपचाप छन् । उनीहरू गुमनाम छन् । उप–निर्वाचनको कांग्रेसभित्र समीक्षा हुनुपर्छ । महामन्त्रीद्वय थापाले कमाण्डिङ गरेको उप–निर्वाचनबारे धारणा सार्वजनिक गर्नुपर्छ ।
कसैलाई दोष दिएर थापा र शर्माले छुट पाउँदैनन् । उप–निर्वाचनमा जित्न नसकेपनि किन मत घट्यो ? यसको उचित जवाफ थापा र शर्माले दिनुपर्छ ।
कांग्रेसका नेताहरू लावालस्कर रुपमा चितवन २ र तनहुँ १ मा गएकै थिए । उनीहरू किन गएका हुन् । उनीहरू रमिता हेर्न चितवन २ र तनहुँ १ मा गएको पुष्टि भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया