लामिछानेले यसरी इतिहाँस रचे, अब प्रधानमन्त्री बन्ने पक्का

काठमाडौं । नागरिकता र राहदानी कीर्ते काण्डमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको उप–निर्वाचनमा इतिहाँस रचेका छन् ।

निर्वाचन आयोगद्वारा मंगलबार सार्वजनिक अन्तिम नतिजाअनुसार लामिछानेले चितवन–२ मा अत्याधिक मतअन्तरसहित जित हातपारेका हुन् ।

सभापति लामिछानेले गत मंसिरमा सम्पन्न निर्वाचनमा आफैँले प्राप्त गरेकोभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् ।

मंसिरमा भएको मतदानमा उनी ४९,३०० मत ल्याएर निर्वाचित भएका थिए । पाँच महिनापछि भएको उप–निर्वाचनमा लामिछाने पुनः उम्मेदवार बनेका हुन् ।

सभापति लामिछाने ५४,१७६ मत ल्याएर विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ । लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारभन्दा झन्डै ४३,००० बढी मत ल्याएका छन् । चितवन २ मा कुल ७८,२७७ जनाले मतदान गरेका थिए ।

कांग्रेस र एमालेका उम्मेदवारहरूले गत मंसिरको निर्वाचनमा भन्दा कम मत पाएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारहरूले १४,००० मत कटाएका थिए । मंसिर ४ गतेको निर्वाचनमा सभापति लामिछाने ३५,००० को मतान्तरले विजयी भएका थिए ।

चिवतन २ मा सभापति लामिछाने ५४,१७६ मतसहित विजयी भएका छन् । एमालेका रामप्रसाद न्यौपानेले ११,२१४ मत पाएका छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले जम्मा १०,९३६ मत पाएका छन् ।

अमेरिक नागरिक लामिछानेले पुनः नेपाली नागरिकता लिएका छन् । त्यसपछि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भनेर फेरि उम्मेदवार बनेका हुन् ।

लामिछानेको राहदानी दुरुपयोग काण्डलाई सरकारले फिर्ता लिएको छ । तैपनि असन्तुष्ट समूहले लामिछानेको मुद्दा फिर्ता लिएको विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

सभापति लामिछानेले अब सरकारलाई दिएको समर्थन फिर्ता लिएर पाँच वर्षपछि प्रधानमन्त्री बन्ने योजनाका साथ आफूलाई तयार पारेको संकेत गरेका छन् ।

लामिछानेको अहिलेको रफतार रोकिएन भने पाँच वर्षपछि प्रधानमन्त्री बन्ने पक्का छ ।

Published : Tuesday, 2023 April 25, 3:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया