लोकतन्त्रमा मात्रै सबैको अधिकार सुनिश्चित छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग र सचेत रहन आग्रह गरेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार शुभकामना सन्देश जारी गरेर लोकतन्त्र दिवसका अवसरमा वीर योद्धाहरूको साहस, संकल्प र वलिदानको धरोहरको रुपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
सभापति देउवाले भनेका छन्, ‘मुलुकमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका लागि विगतमा पटक–पटक गरिएका लोकतान्त्रिक आन्दोलनहरूमा आफ्नो प्राणको आहुती दिने सम्पूर्ण ज्ञात अज्ञात वीर शहीदहरूप्रति लोकतन्त्र दिवसका अवसरमा उहाँहरुको समर्पण, साहस र वलिदानको म स्मरण गर्दछु र उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।’
उनले भनेका छन्, ‘वि.सं. २००७ साल अघिदेखि प्रारम्भ भएको संघर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र वहालीका लागि २०६२–०६३ मा नेपाली कांग्रेस लगायत अन्य राजनीतिक दलहरुद्वारा संचालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो ।’
‘यो दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रुपमा मनाउँदै आएका छौँ’, सभापति देउवाले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया