प्रधानमन्त्री र कांग्रेस नेता लेखकबीच भेटवार्ता, सुख्खा बन्दरगाह र करिडोरबारे परामर्श
काठमाडौं । नेपाली कांग्रेस नेताका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकले सुख्खा बन्दरगाह, महाकाली करिडोर लगायत महत्वपूर्ण आयोजना सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रधानमन्त्री दाहालसँग भेट गरेर कांग्रेसका नेता नेता लेखकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारत सरकारसँग कुटनैतिक पहल गरेर सुदूरपश्चिमा सञ्चालित भारतीय परियोजना र योजनाहरू सम्पन्न गर्न आग्रह गरेका हुन् ।
भारतले निर्माण गर्ने गरी प्रस्तावित कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह लगायत सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण योजनाहरू सम्पन्न गर्न कुटनैतिक पहल गर्न लेखकले प्रधानमन्त्री दाहालसँग आग्रह गरेका छन् ।
लेखकले सुदूरपश्चिम प्रदेश लगायत देशकै लागि महत्वपूर्ण योजनाको रुपमा रहेको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह लगायतका योजनाहरू छिटो सम्पन्न गर्न प्रधानमन्त्री दाहालसँग लिखित रुपमा ध्यानाकर्षण गराएको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिएका छन् ।
कञ्चनपुर जिल्लाको दोधरा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाह भारत सरकारले निर्माण गरिदिने प्रस्ताव छ ।
दोधरा चाँदनीको सुख्खा बन्दरगाह ३ वर्षभित्र निर्माण सम्पन्न हुनेगरि सम्झौता गर्न नेता लेखकले प्रधानमन्त्री दाहालसँग आग्रह गरेका छन् । बन्दरगाहको कामलाई आगामी आर्थिक वर्षदेखि नै निर्माण प्रकृयालाई तिब्रता दिनका लागि उनले आग्रह गरेका छन् ।
महाकाली करिडोर (कञ्चनपुरको दोधरा चाँदनीदेखि दार्चुलाको टिंकरसम्म)को सडकलाई रुपान्तकारी आयोजनाका रुपमा समावेश गरी आगामी आर्थिक वर्षदेखि निर्माण कार्य सम्पन्न गर्नेगरि तिब्रता दिन पनि माग गरिएको छ ।
महाकाली प्रादेशिक अस्पताल र दोधरा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी आवश्यक जनशक्ति तथा उपकरणका लागि आवश्यक बजेटको ब्यवस्था र मझगाउँ विमानस्थल निर्माणका लागि समेत आवश्यक बजेटको माग नेता लेखकले गरेका छन् ।
लेखकले बैतडी जिल्लाको पुरानो सिमानाका झुलाघाटमा मोटरेबल पक्की पुल निर्माण र पञ्चेश्वर गाउँपालिकामा झोलुंगे पुल निर्माणका लागि भारत सरकारसँग पहल गर्न प्रधानमन्त्री दाहालसँग आग्रह गरेका छन् ।
कांग्रेसका नेता लेखकको आग्रहपछि प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा झुलाघाट र पञ्चेश्वरमा पुल निर्माणका लागि सम्झौता अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया