विदेशमा रहेका नेपालीहरूद्वारा कांग्रेसलाई मतदान गर्न अपील
काठमाडौं । विदेशमा रहेका नेपालीहरूले वैशाख १० गते हुन लागेको उप–निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपील गरेका छन् ।
नेपाली जनसम्पर्क समितिका सभापतिहरूले बिहीबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर बारा, चितवन र तनहुँमा हुन लागेको उप–निर्वाचनमा कांग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा)का उम्मेदवारलाई मतदान गर्न अपील गरेका हुन् ।
वैशाख १० गते तनहुँ क्षेत्र नम्वर १, चितवन क्षेत्र नम्वर २ र बारा क्षेत्र नम्वर २ मा उप–निर्वाचन हुन लागेको छ ।
‘हामी यतिबेला भूगोलको नेपालभन्दा धेरै टाढा छौं । हाम्रो भावना र मन चाहिं राजनीतिक रुपमा यही उप निर्वाचनमा केन्द्रित छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समिति मार्फत आज विश्वका विभिन्न मुलुकमा संगठित छौं ।’
‘आसन्न उप–निर्वाचनमा हामीले आफ्ना परिवारजन, इष्टमित्र, साथीभाई र शुभेच्छुकहरूमार्फत हाम्रो मातृ पार्टी नेपाली कांग्रेसका उम्मेदवारहरूका पक्षमा मत मागिरहेका छौं’, विज्ञप्तिमा भनिएको छ ।
‘कांग्रेसकै नेतृत्वमा शान्ति स्थापना र वर्तमान संविधान निर्माणको काम भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आजको राजनीतिक उपलब्धिको जग नेपाली कांग्रेसको स्थापनाकालमै घोषित थियो ।’
‘जनताको अधिकारका लागि कांग्रेसले आफ्नो स्थापनाकालमा नै आफ्नो संविधान आफैं लेख्ने,आफ्नो प्रतिनिधि आफैं चुन्न पाउनुपर्ने नीति घोषित रुपमा नै सार्वजनिक गरेको हो’, विज्ञप्तिमा भनिएको छ ।
‘१०४ वर्षको राणा शासन, ३० वर्षको निरङ्कुश पंचायती शासन र राजाको प्रत्यक्ष शासनको समेत अन्त गराउने आन्दोलनको नेतृत्व सफलतापूर्वक पूरा गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘कांग्रेसको राजनीतिक इतिहास गौरवपूर्ण रहेको छ र हामी नेपाली कांग्रेसको सदस्य हुनुमा गर्व गर्छौं’, विज्ञप्तिमा भनिएको छ ।
‘उप–निर्वाचनमा पनि हामी तनहुँ र चितवनमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका साथ मैदानमा छौं’, विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘तनहुँ १ मा हाम्रो पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई मैदानमा हुनुहुन्छ । जसलाई तनहुँले आफ्नो धर्तीपुत्रको रुपमा माया गरेको छ र उहाँले पनि तनहुँका आम जनताको सुख,दु:खको साथी बनेर जिल्लाको विकास र सम्मृद्धिका लागि इमान्दारीपूर्वक अनवरत सेवा गर्दै आउनु भएको छ ।’
‘चितवन २ मा पार्टीको जिल्ला सभापति भएर संगठनमा योगदान गर्नु भएका युवा जोश र चितवनको माटोमा भिजेका जुझारु जितनारायण श्रेष्ठ नेपाली कांग्रेसको चारतारे झण्डा र रुख चुनाव चिन्ह बोकेर उप निर्वाचनको यो मैदानमा हुनुहुन्छ’, विज्ञप्तिमा भनिएको छ ।
‘बारा २ मा गठबन्धनका तर्फबाट उपेन्द्र यादव साझा उम्मेदवार हुनुहुन्छ’, विज्ञप्तिमा भनिएको छ ।
‘हामी भूगोलबाट जति धेरै टाढा भएपनि भावनामा संधैं नेपालमै छौं र हामी नेपालको समुन्नति र सम्मृद्धिको लागि योगदान गर्न सधैं तयार छौं’, विज्ञप्तिमा भनिएको छ ।
‘विश्वभरका जनसम्पर्क समितिहरूको तर्फबाट हामी उप–निर्वाचन हुँदै गरेको तनहुँ १ मा गोविन्द भट्टराई, चितवन २ मा जीतनारायण श्रेष्ठ र बारा २ मा उपेन्द्र यादवलाई मतदान गरी अत्यधिक बहुमतका साथ विजयी गराउनु हुन सम्बन्धित सबै मतदाताहरूसमक्ष हार्दिक अपीलसहित विनम्र अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
विश्वभरका नेपाली जन सम्पर्क समितिको तर्फबाट
१. आनन्द विष्ट – सभापति, नेपाली जनसम्पर्क समिति, अमेरिका एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२. बालकृष्ण पाण्डे – सभापति, नेपाली जनसम्पर्क समिति, भारत एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस
३. सुरेशसिंह गुरुङ – सभापति,नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया
४. अंकित ओली – सभापति, नेपाली जनसम्पर्क समिति,आयरल्याण्ड
५. पदम सुन्दर गुरुङ – सभापति,नेपाली जनसम्पर्क समिति, बहराईन
६. बुद्धिप्रकाश ओली – सभापति, नेपाली जनसम्पर्क समिति,क्यानाडा
७. पुष्पा मिश्र – सभापति,नेपाली जनसम्पर्क समिति,साईप्रस
८. यादव बस्नेत – सभापति, नेपाली जनसम्पर्क समिति, डेनमार्क
९. सुधिर राना – सभापति, नेपाली जनसम्पर्क समिति,फ्रान्स
१०. शिखर खड्का – सभापति,नेपाली जनसम्पर्क समिति,जर्मनी
११. काजीकुमार गुरुङ – सभापति, नेपाली जनसम्पर्क समिति, हङकङ
१२. दिपिका भुसाल – सभापति, नेपाली जनसम्पर्क समिति, ईजरायल
१३. राजन चापागाईं – सभापति, नेपाली जनसम्पर्क समिति, ईटाली
१४. रोशन केसी – सभापति,नेपाली जनसम्पर्क समिति, जापान
१५. राजेन्द्र रसाईली – सभापति, नेपाली जनसम्पर्क समिति, कुवेत
१६. कुमार पौडेल – सभापति, नेपाली जनसम्पर्क समिति, लक्जेम्बर्ग
१७. चण्डीप्रसाद योङया – सभापति, नेपाली जनसम्पर्क समिति, मकाउ
१८. चोलाकान्त पंगेनी – सभापति, नेपाली जनसम्पर्क समिति, मलेशिया
१९. सालिक गौतम – सभापति,नेपाली जनसम्पर्क समिति, नेदरल्याण्ड
२०. बुद्धिसागर घिमिरे – सभापति,नेपाली जनसम्पर्क समिति, न्युजिल्याण्ड
२१. जीतेन्द्र शाही – सभापति,नेपाली जनसम्पर्क समिति, नर्वे
२२. शालीकराम चापागाईँ – सभापति,नेपाली जनसम्पर्क समिति, ओमान
२३. भिम परियार – सभापति, नेपाली जनसम्पर्क समिति,पोल्याण्ड
२४. वकिल केसी – सभापति,नेपाली जनसम्पर्क समिति, पोर्चुगल
२५. मोहम्मद अजिज अली – सभापति,नेपाली जनसम्पर्क समिति, कतार
२६. भजिन्द्र क्षेत्रि – सभापति,नेपाली जनसम्पर्क समिति, दक्षिण कोरिया
२७. सन्तोष श्रेष्ठ – सभापति,नेपाली जनसम्पर्क समिति, स्पेन
२८. नबिन थपलिया – सभापति,नेपाली जनसम्पर्क समिति,स्वीडेन
२९. भुवानी प्रसाद तिम्सिना – सभापति,नेपाली जनसम्पर्क समिति, युएई
३०. युवराज गुरुङ – सभापति,नेपाली जनसम्पर्क समिति, बेलायत
३१. जीवन जंग कुवँर – सभापति,नेपाली जनसम्पर्क समिति,अष्ट्रिया
३२. सन्देश केसी – सभापति,नेपाली जनसम्पर्क समिति, माल्टा
३३. सभापति चीन
३४. सभापति फिनल्याण्ड
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया