तनहुँले मन्त्री पाउने, देउवाको शक्तिशाली घोषणा
दमौली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोविन्द भट्टराई मन्त्री बनाउने प्रतिबद्धता जनाएका छन् ।
बुधबार डुम्रे बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले तनहुँ–१ मा वैशाख १० गते हुन लागेको उप–निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई जिताएर पठाउन आग्रह गरेर । उनले भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने बताएका छन् ।
देउवाले यसअघि निर्वाचित रामचन्द्र पौडेललाई आफूले राष्ट्रपति बनाएको र अब भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने बताएका हुन् ।
भट्टराईलाई सभापति देउवाले रामचन्द्र पौडेलजत्तिकै योग्य रहेको बताएका छन् । उनले भने, ‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन । यो भानुको जिल्ला हो । तर अब यो राष्ट्रपतिको भूमि पनि भइसकेको छ ।’
‘तपाईंहरूले रामचन्द्रजीलाई जिताएर पठाउनुभयो, मैले राष्ट्रपति बनाएँ, गोविन्द भट्टराई पनि रामचन्द्रजत्तिकै योग्य हुनुहुन्छ, उहाँलाई जिताएर पठाउनुहोस्’, देउवाले भने, ‘उहाँ पनि मन्त्री हुनुहोला ।’
देउवाले तनहुँमा भट्टराईलाई जिताउन आग्रह गर्दै स्थानीय जनताको मागबमोजिम टेक्निकल कलेज र अस्पताल बनाउने जिम्मा कांग्रेसले लिने बताएका छन् ।
‘यो चुनावबाट जे भए पनि सरकार फेरिने होइन, अब पाँच वर्ष यही गठबन्धनको सरकार हुन्छ’, सभापति देउवाले भने, ‘तपाईंहरूले गोविन्दजीलाई जिताउनुभयो भने तनहुँको विकासमा सहयोग पुग्छ ।’
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि भट्टराईलाई जिताउन अपील गरेका छन् । दाहालले पनि गोविन्द भट्टराई जिताएर पठाए मन्त्री बनाउने आफ्नो जिम्मा भएका बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया